Rule 78
बढुवा मिति र बढुवा नियुक्ति
(१) नियम ७६ बमोजिम बढुवा नामावली प्रकाशित
भएपछि बढुवा उजूरीको प्रयोजनको निमित्त सो नामावली प्रकाशित भएको मितिबाट
पैंतीस दिनसम्म बढुवा सिफारिस पाउने उम्मेदवारलाई बढुवा नियुक्ति नदिई प्रतीक्षा
सूचीमा राखिनेछ । उपर्युक्त बढुवा सिफारिस उपर उजूरी नपरेमा सो नामावली प्रकाशित
भएको मितिले छत्तीसौं दिन (उजूर गर्ने म्याद सकिएको भोलिपल्ट) को मितिबाट बढुवा
हुने तहको ज्येष्ठता कायम हुने गरी नियुक्ति दिनु पर्नेछ ।
(२) बढुवा सिफारिस उपर नियम ७७ को उपनियम (१) बमोजिम उजूरी परेमा
देहाय अनुसार ज्येष्ठता मिति कायम गरी नियुक्ति दिनु पर्नेछ ः-
(क) नियम ७७ को उपनियम (२) बमोजिम बढुवा सिफारिस संशोधन गर्ने निर्णय भएमा सो बमोजिम संशोधित नामावली प्रकाशन भएको मितिदेखि, र (ख) उजूरी खारेज भएमा वा पहिलेको बढुवा सिफारिसनै कायम
भएमा पहिलो पटक बढुवा सिफारिस प्रकाशित भएको मितिले छत्तीसौं दिनदेखि ।